Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • सभापति देउवा भन्छन् – कांग्रेसले गफ बढी गर्छ भन्ने गुनासो छ

    सभापति देउवा भन्छन् – कांग्रेसले गफ बढी गर्छ भन्ने गुनासो छ

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 120
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आइरहेको बताएका छन् ।

    शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले यस्तो बताएका हुन् ।



    उनले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताए । सत्ताका निम्ति कचकच भइरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको उनले जिकिर गरे ।



    आउँदो निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जनताका पक्षमा खटिएर काम गर्न उनले पार्टीका नेता–कार्यकर्तालाई निर्देशन समेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार