Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ

    दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 435
    SHARES

    एजेन्सी । आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेनाले आज दिल्लीको मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएकी छन्।

    आतिशीले शनिबार उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।



    ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुन् । यसअघि भारतीय जनता पार्टी (बीजेपी) की सुश्मा स्वराज र कांग्रेसकी शिला दीक्षित मुख्यमन्त्री भएकी थिइन् ।



    आतिशीको कार्यकाल चार महिना हुनेछ । किनकी फेब्रुअरी २०२५ मा विधानसभा चुनाव हुनेछ । आम आदमी पार्टीले केजरीवाललाई नयाँ मुख्यमन्त्रीका रुपमा अघि सारिसकेको छ ।

    शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् । कैलाश गेहलोत, गोपाल राय, शौरभ भारद्धाज, इमरान हुसेन र मुकेश अहलावतले मन्त्री बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार