Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • १८ महिनामा रविले ग्यालेक्सी टिभीबाट बुझेका थिए १ करोड ४ लाख तलब !

    १८ महिनामा रविले ग्यालेक्सी टिभीबाट बुझेका थिए १ करोड ४ लाख तलब !

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 138
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहेको बेला एक करोड बढी तलब लिएको फेला परेको छ ।

    सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएअनुसार लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक रहँदा एक करोड बढी तलब बुझेका हुन् ।



    लामिछानेले आर्थिक वर्ष ०७८/०७९ मा मात्रै ७४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ तलबस्वरुप लिएका छन् । आर्थिक वर्ष ०७७/७८ मा उनले ३० लाख तलब लिएको प्रतिवेदनमा उल्लेख छ ।



    लामिछानेले १ करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ तलब लिएका छन् । समितिले लामिछानेलाई सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्ने प्रक्रियामा प्रमुख भूमिका रहेको भन्दै दोषी ठहर गरेको छ ।

    लामिछानेसहित गोर्खा मिडियाका सञ्चालक जीबी राई, छबिलाल जोशी र कुमार रम्तेललाई प्रचलित कानुन बमोजिम कारवाहीको सिफारिस पनि समितिले गरेको छ । तर रास्वपाका सभापति लामिछानेले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार