Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाली सेनाको टोली चीन प्रस्थान

    नेपाली सेनाको टोली चीन प्रस्थान

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 165
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच यही असोज ५ देखि १५ गतेसम्म ‘सगरमाथा फ्रेन्डसिप अभ्यास’ हुने भएको छ ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज चीन प्रस्थान गरेको हो ।



    नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनलगायत कार्यमा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा विभिन्न देशका सेनासँग यस्ता अभ्यास र पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।​



    विक्रम संवत् २०७४ देखि शुरू भएको उक्त अभ्यासअन्तर्गत यो चौथो सँस्करण चीनको चोङ्क्वीङमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार