Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • काठमाडौंमा चार वर्षदेखि लागूऔषधको कारोवार गर्दै आएका प्रदिपसहित ६ जना पक्राउ

    काठमाडौंमा चार वर्षदेखि लागूऔषधको कारोवार गर्दै आएका प्रदिपसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 204
    SHARES

    काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणको लागूऔषध ट्रामाडोल कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

    ब्‍यूरोले १ लाख ८० हजार ८ सय ४३० क्याप्सुल नियन्त्रित औषध ट्रामाडोलसहित कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको हो।



    पक्राउ पर्नेहरूमा उदयपुरको गाईघाट नगरपालिका-५ घर भई हाल गोकर्णेश्‍वर नगरपालिका-७ माकलवारी बस्ने बर्ष ३० का श्रीबहादुर राई, सर्लाहीको हरिपुर नगरपालिका-१ बस्ने बर्ष २२ का विपिनकुमार महतो र पर्वतको महाशिला गाँउपालिका-५ लुंखु घर भई हाल काठमाडौंको मित्रनगर बस्ने बर्ष २७ का बालकृष्ण अधिकारी रहेका छन् ।



    त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका-१ घर भई हाल टोखा नगरपालिका-९ गोंगबु बस्ने बर्ष ३२ की सम्झना रोक्का, बारा परवानीपुर गाँउपालिका-३ बस्ने बर्ष ३४ का प्रदिप सर्राफ र काठमाडौं महानगरपालिका-१५ डल्लु घर भएका बर्ष ५१ का मनमोहन श्रेष्ठलाई ब्‍यूरोको टोलीले पक्राउ गरेको हो ।

    ब्‍यूरोको टोलीले भदौं १८ गते गोकर्णेश्‍वरको माकलवारीबाट श्री बहादुर राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोलका ९०० क्याप्सुल सहित पक्राउ गरेको थियो ।

    उनी बस्दै आएको कोठामा खानतलासी गर्दा थप लागूऔषध ट्रामाडोल ३३ हजार ६०० गरी जम्मा ३४ हजार ५०० क्याप्सुल ट्रामाडोल बरामद गरिएको थियो ।

    त्यस्तै भदौं १९ गते सर्लाहीका महतोलाई कागेश्‍वरी मनोहराको बाबाचोकबाट ट्रामाडोल क्याप्सुल ५३ हजार ९०० र नाइट्राजेपाम ट्याब्लेट ८९२ बरामद गरिएको ब्‍यूरोले जनाएको छ।

    ब्‍यूरोले मित्रनगर बस्ने अधिकारीलाई नयाँ बसपार्कस्थित सडक किनारबाट लागूऔषध ट्रामाडोलको ९ हजार क्याप्सुलसहित पक्राउ गरेको थियो ।

    उनले उक्त लागूऔषध ट्रामाडोल सम्झना रोक्काबाट खरिद गरी बिक्रि वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । गोंगबु बस्ने रोक्कालाई निजकै घरबाट पक्राउ प्रहरीले त्यही दिन पक्राउ गरेको थियो ।

    उनको कोठामा खानतलासी गर्दा थप ८३ हजार ट्रामाडोल क्याप्सुलसहित नगद २ लाख ५० हजार रुपैँया बरामद गरिएको थियो । रोक्काले उक्त ट्रामाडोल क्याप्सुलहरु बिक्री वितरण गर्ने मुख्य व्यक्ति अर्के व्यक्ति भएको बयान दिएकी थिईन्।

    रोक्काको बयानका आधारमा ब्‍यूरोले बाराको परवानीपुरका प्रदिप सर्राफलाई टोखा नगरपालिकाबाट ट्रामाडोलका ३० क्याप्सुलसहित पक्राउ गरेको थियो ।

    उनलाई कारोवार गर्न सहयोग गर्ने मनमोहन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको हो । सर्राफले ट्रामाडोल विगत ४ बर्ष देखि काठमाडौंमा ठुलो परिमाणमा अवैध कारोवार गर्दै आएको ब्‍यूरोको अनुसन्धानबाट खुलेको छ ।

    पक्राउ परेका उनीहरुमाथि औषधि नियन्त्रण ऐन २०३३ वमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई अनुसन्धान भईरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार