Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउ

    अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 33
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन्।

    कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल भारत सीमाबाट ९ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।



    पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–३ बस्ने ३० वर्षीय टेकेन्द्र भट्ट र सोही नगरपालिका–६ बस्ने ३० वर्षीय गणेश पाण्डेय रहेका छन् ।



    नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर लागूऔषध नियन्त्रण शाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    त्यस्तै, रूपन्देहीको बुटवल उपमहानगरपालिका–२ पाखापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम र मोबाइल १ थान सहित सोही उपमहानगरपालिका डेरा गरी बस्ने गुल्मी रिडि घर भएका २४ वर्षीय अजय सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, प्रहरी बिट जितगढि किल्ला र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    त्यस्तै झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टा पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी स्टाफ चोक बस्ने २० वर्षीय विपिन माझीलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ ।

    लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    चितवनको भरतपुर महानगरपालिका–७ कृष्णपुर बस्ने ३२ वर्षीय सजीव महतोलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ३० मिलिग्राम सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार