Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालमा ७ मात्रै होइन १४ प्रदेशको आवश्यकता छ : प्रचण्ड

    नेपालमा ७ मात्रै होइन १४ प्रदेशको आवश्यकता छ : प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 177
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा १४ प्रदेशको आवश्यकता रहेको टिप्पणी गरेका छन् ।

    एक टेलिभिजनसँगको अन्तवार्तामा उनले सो टिप्पणी गरेका हुन् । उनले देशमा ७ हैन १४ प्रदेशको आवश्यकता भएको बताए ।



    पत्रकार ऋषि धमलाले प्रदेश खारेजीको बहस बढिरहेको छ नि भन्ने प्रश्नमा प्रचण्डले प्रदेशलाई अधिकार नदिने अनि प्रदेश खारेजीको कुरा गर्नु बेइमानी हुने बताए।



    ७ प्रदेश सेतो हात्ती भयो नि भन्ने प्रश्नमा प्रचण्डले जवाफ दिँदै भने, ‘हाम्रो कुरा गर्नुहुन्छ भने हामी त १४ वटा प्रदेशको पक्षमा छौं। यसमा पहिले झण्डै झण्डै सहमति भएको थियो। १४ प्रदेश नहुनेमा के छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार