Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • धनगढीबाट ६ जना जुवाडे पक्राउ

    धनगढीबाट ६ जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 39
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीमा ६ जना जुवाडे पक्राउ परेका छन् ।

    जिल्लाको धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकमा रहेको प्रयाग राज जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रोमा जुवातास खेलिरहेको अवस्थामा नास्ता पसल सञ्चालक प्रयाग राज जोशीसहित ६ जना पक्राउ परेका हुन्।



    गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद २३ हजार ३४० र १ गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार