Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • ‘नेशनल डे कन्सर्ट’ चार घण्टापछि सकियो

    ‘नेशनल डे कन्सर्ट’ चार घण्टापछि सकियो

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 69
    SHARES

    काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’ सकिएको छ । आज साँझ ४ बजेदेखि सुरु कन्सर्ट करिब चार घण्टा चलेर सकिएको हो ।

    कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली, उहाँकी पत्नी राधिका शाक्य, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलगायत सहभागी भए ।



    त्यसअवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा हल्लाएर कन्सर्टमा सहभागीसँग संविधान दिवसको खुसी साटेका थिए । उनले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिए ।



    कन्सर्टको सुरक्षार्थ नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार