Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कांग्रेस नेता महत भन्छन् – नेपालको संविधान विश्वमै उत्कृष्ट छ

    कांग्रेस नेता महत भन्छन् – नेपालको संविधान विश्वमै उत्कृष्ट छ

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 48
    SHARES

    नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुने बताएका छन् ।

    संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा जिल्ला मूल समारोह समिति नुवाकोटले आज तादी गाउँपालिका–३ खरानीटारमा आयोजना गरेको प्रवचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले दुई कार्यकालको संविधानसभाले सबै पक्षलाई न्याय हुने गरी संविधान निर्माण गरेको र यो विश्वमै उत्कृष्ट रहेको दाबी गरे ।



    “संविधानमा राज्य सञ्चालनका हरेक तहमा महिलासहित लक्षित वर्गको सहभागिता सुनिश्चित गरिएको छ । यो जनताले बनाएको संविधान भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको दायित्व हो”, उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार