Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • संविधान दिवसको शुभकामना दिँदै मेयर बालेनले भने – हाम्रो देश सधै राम्रो, धनी होस् या गरीब

    संविधान दिवसको शुभकामना दिँदै मेयर बालेनले भने – हाम्रो देश सधै राम्रो, धनी होस् या गरीब

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 420
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले संविधान दिवसको अवसरमा विशेष सन्देश जारी गरेका छन् ।

    बिहीबार राति सामाजिक सञ्जालमार्फत प्रमुख बालेनले घुमाउरो तरिकाबाट शुभकामना सन्देश जारी गरेका हुन् । प्रमुख बालेनले भिडियो साझा गर्दै आफ्नो शुभकामनामा भनेका छन्, ‘हाम्रो देश सधैं राम्रो, पहिला पनि राम्रो, अहिले पनि हाम्रो ।’



    यस सन्देशले देशप्रेम र समर्पणको भावनालाई उजागर गरेको छ । तर उनी पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै आएका छन् ।



    उनले लेखेका छन् ‘हाम्रो देश सधै राम्रो, पहिला पनि राम्रो, अहिले पनि हाम्रो, धनी होस या गरीब, सधै राम्रो, सुख र दुखमा, सधै हाम्रो, मेरो, तिम्रो, हाम्रो सधै, हात थामन, संविधान दिवसको सबैलाई शुभकामना ।’

    आजको दरबारमार्गमा जारी ‘नेसनल डे कन्सर्ट’ मा पनि प्रमुख बालेन सहभागी छैनन् । तर प्रधानमन्त्री ओली भने सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार