Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • ‘नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट छ’

    ‘नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट छ’

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 66
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट रहेको बताएकी छन् ।

    क्यानाडाको ओटावास्थित नेपाली राजदूतावासद्वारा आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन्।



    परराष्ट्रमन्त्री राणाले नेपालको वर्तमान संविधान नेपाली जनताको निकै लामो संघर्ष र बलिदानको दस्ताबेज भएको बताइन् ।



    परराष्ट्रमन्त्री राणाले लोकतान्त्रिक शासन व्यवस्थामार्फत् संविधान तयार गर्न नेपाली जनताले निकै लामो संघर्ष गर्नुपरेको बताइन् ।

    विश्वव्यापी रुपमा स्वीकार गरिएका मानवअधिकार र नागरिक स्वतन्त्रताका मान्यताहरूलाई सम्मान गर्नु यो संविधानको एक महत्वपूर्ण पक्ष भएको बताउँदै मन्त्री राणाले यो संविधान शान्ति र समावेशिताको एक प्रतिक रहेको उल्लेख गरिन्।

    नेपालको यो संविधानले नागरिकका अधिकारहरूको संरक्षण गर्दै कानुनी राज्यको मूल्यमान्यता अनुसार हरेक क्षेत्र र तहका नागरिकलाई आत्मसम्मानका साथ बाँच्ने अधिकार प्रदान गरेको मन्त्री राणाले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार