Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित १६ राजदूतहरुको नाम अनुमोदन

    संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित १६ राजदूतहरुको नाम अनुमोदन

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 132
    SHARES

    काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ जना राजदूतहरूको नाम बहुमतले अनुमोदन गरेको छ ।

    सरकारले १७ देशका लागि राजदूत प्रस्तावित गरेकोमा संसदको सुनुवाइ समितिले १६ जनाको नाम अनुमोदन गरेको हो ।



    शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम भने अनुमोदन भएन ।



    श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको विषयमा अर्को बैठकमा छलफल हुनेछ ।

    समितिको निर्णयअनुसार चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ ।

    यस्तै इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेलको नाम अनुमोदन भएको छ ।

    समितिले रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा।शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन गरेको छ ।

    यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार