Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री ओली

    सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 327
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन् ।

    संविधान तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई संविधानले संरक्षण गरेको उल्लेख गरे ।



    दशकौं लामो सङ्घर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधानको संरक्षण गर्नु सबैको कर्तव्य भएको प्रधानमन्त्रीको भनाइ छ ।



    प्रधानमन्त्रीले संविधानको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्ने जनाएका छन् । उनले जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु नहुने उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री ओलीले स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र मस्तिष्कमा सल्बलाइरहेको जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार