Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आईसीसी विश्वकप लिग–२ : नेपाल ओमानसँग एक विकेटले पराजित

    आईसीसी विश्वकप लिग–२ : नेपाल ओमानसँग एक विकेटले पराजित

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 285
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल ओमानसँग एक विकेटले हारेको हो ।

    नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर भेटायो । ओमानका जतिन्दर सिंहले सर्वाधिक ४१ रन बनाए । नेपालका गुल्सन झाले ५ विकेट लिए ।



    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए ।



    यस्तै गुल्सन झाले ५३, आरिफ शेखले ३५ रन बनाए । ओमानका कलिमुल्लाह, फयज बट र अकिब इलियासले समान २ विकेट लिए ।

    जितपछि ओमान ५ खेलमा ५ अंकका साथ तालिकाको छैटौं स्थानमा नेपाल ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार