Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • पक्राउ पुर्जी जारी भएपछि दुर्गा प्रसाईको घरमा खटाइए सादा पोसाकका प्रहरी

    पक्राउ पुर्जी जारी भएपछि दुर्गा प्रसाईको घरमा खटाइए सादा पोसाकका प्रहरी

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 660
    SHARES

    काठमाडौँ । काठमाडौं जिल्ला अदालतले बुधबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनको भक्तपुरस्थित घरमा सादा पोसाकका प्रहरी खटाइएका छन् ।

    उनीविरुद्ध विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोप छ । पक्राउ पुर्जी जारी भएपछि उनको निवासमा बुधबार साँझ सादा पोसाकको प्रहरी परिचालन गरिएको हो ।



    साँझ प्रसाईंले केही सञ्चारकर्मीसँग कुरा गर्दै आफूले अदालतको आदेशलाई सम्मान गर्ने बताएका छन् । उनले जतिसुकै दिन भए पनि हिरासतमा बस्न तयार रहेको बताए ।



    जिल्ला अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । अहिले प्रेस स्वतन्त्रता नरहेको बताउँदै अहिले राणाकालझैँ शासन रहेको पनि उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार