Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आईसीसी विश्वकप लिग–२

    ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, दीपेन्द्र र दुवै कुशल बेन्चमा

    ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, दीपेन्द्र र दुवै कुशल बेन्चमा

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 198
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

    हङकङको किङ्स सिटीमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।



    पहिले ब्याटिङ गर्न लागेको नेपालले यसअघिको टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ। पहिलो खेलमा क्यानडाविरुद्ध उत्रिएका ओपनर कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल टोलीमा परेका छैनन्।



    उनीहरुलाई बेन्चमा राख्दै प्रशिक्षक मोन्टी देसाईले अनिल साह, आरिफ सेख र अर्जुन साउदलाई मौका दिएका छन्।

    ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ । पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार