Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • अनैतिक र अराजनीतिक काम नगरेको रवि लामिछानेको दाबी

    अनैतिक र अराजनीतिक काम नगरेको रवि लामिछानेको दाबी

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 87
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनैतिक र अराजनीतिक काम नगरेको दाबी गरेका छन् ।

    पार्टीको राष्ट्रिय भेलामा बुधबार प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा उनले आफूबाट कमजोरी भए पनि अनैतिक र अराजनीतिक काम नगरेको उल्लेख गरेका हुन् ।



    ‘मान्छेका रूपमा मेरा कैयौँ कमजोरी होलान् । तर, मबाट अनैतिक, असामाजिक र अराजनीतिक काम भएको छैन । राजनीति यतिसम्म निर्मम र निकृष्ठ हुन्छ भन्ने अनुमान र त्यसको पूर्वतयारी गर्न नसक्नु मेरो कमजोरी हो,’ उनले भनेका छन् ।



    उनले प्रतिवेदनमार्फत अरुको आलोचना भन्दा पहिला आफ्नै केही कमजोरी स्वीकार्न चाहन्छु भनेका छन् ।

    ‘यति धेरै आमचासोको व्यक्ति नहुँदाको बखत कैयौं निजी मामिलालाई हल्कारुपमा लिनु र तिनको समयमै उचित कानूनी निकास दिन नसक्नु मेरो कमजोरी भयो । राजनीतिमा लाग्नुअघि नै यसरी सबै विषय वा सन्दर्भको योजनावद्ध उत्खनन र आक्रमण हुन्छ भन्ने कुराको सही आंकलन मैले गर्न सक्नु पर्थ्यो । हुन त कुनै पनि आरोप सत्य छैन,’ उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार