Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 126
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।

    प्रदेशमा मतविभाजन हुँदा कार्कीको पक्षमा ६६ मत खसेको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ ।



    कांग्रेस एमालेले समर्थन गरेपछि कार्कीले ६६ मत प्राप्त गरेका हुन्।



    बुधबार मत विभाजनका लागि बालाइएको बैठकमा ८३ सांसद उपस्थीत भएका थिए ।

    जसमा कार्कीको पक्षमा ६६ मत खस्यो, विपक्षमा १५ मत खसेको सभामुख अम्बरबहादुर विष्टले बताए ।

    दुई सांसद मत विभाजन प्रक्रियामा सहभागी भएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार