Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • भोलिदेखि धरहरा खुल्दै , सर्वसाधारणलाई पैसा नलाग्‍ने

    भोलिदेखि धरहरा खुल्दै , सर्वसाधारणलाई पैसा नलाग्‍ने

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 177
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भोलिदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।

    संविधान दिवसको अवसरमा भोलिबाट धरहरा सर्वसाधारणको लागि खुला गरिन लागेको हो ।



    नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो ।



    लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) परियोजनालाई निर्देशन दिएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा ६ पटकसम्म म्याद थप गरेर बिहीबार फेरि उद्घाटन गरिन लागेको हो ।

    २०७२ मा भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टिनको छाना हालेर राखिएको छ ।

    भोलिदेखि सञ्चालनमा आउन लागेको धरहरामा सर्वसाधारणहरूले निःशुल्क चढ्न पाउनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार