Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • हामीले राम्रो काम गर्दागर्दै भ्रष्टहरूले हटाएको जनताले बुझ्न थालेका छन् : प्रचण्ड

    हामीले राम्रो काम गर्दागर्दै भ्रष्टहरूले हटाएको जनताले बुझ्न थालेका छन् : प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 93
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुहरुले राम्रो काम गर्दागर्दै भ्रष्ट, माफियाहरूले हटाएको बताउका छन्।

    केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।



    अरूबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिए पनि अहिले भने सबैतिर उत्साह देखिएको अध्यक्ष प्रचण्डले बताए।



    राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरूले हटाएको जनताले बुझ्दै गएको अध्यक्ष प्रचण्डको भनाई छ ।

    सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेको बताए ।

    पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको अध्यक्ष प्रचण्डको भनाई छ ।

    अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम बनाएर जाने बताए ।

    अध्यक्ष प्रचण्डले पार्टीप्रति देशभर आकर्षण बढेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार