Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • धारिलो हतियार प्रहार गरी महिलाको हत्या, शिवप्रसाद पक्राउ

    धारिलो हतियार प्रहार गरी महिलाको हत्या, शिवप्रसाद पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 303
    SHARES

    फाइल तस्विर

    बर्दिया । बर्दियामा एक महिलाको हत्या भएको छ । जिल्लाको बारबर्दिया नगरपालिका-५ तर्कापुरमा सोही ठाउँकी ३९ वर्षीया मीना थारुको हत्या भएको हो ।

    गएराति १२ बजेर २० मिटेमा बारबर्दिया नगरपालिका वडा नम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु) ले मीनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।



    उनले मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेको खुलेको छ । उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



    हत्यापछि फरार भएका शिवप्रसाद वडा नम्बर ५ को सिटीबरेली क्षेत्रबाट पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार