Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • चीनले १२ वटा आणविक अनुसन्धान केन्द्र खोल्ने

    चीनले १२ वटा आणविक अनुसन्धान केन्द्र खोल्ने

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 72
    SHARES

    एजेन्सी । चीनले विश्वव्यापी सहयोग बढाउन अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान केन्द्र र परीक्षण मञ्च खोल्ने भएको छ ।

    यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला समावेश रहेको चिनियाँ आणविक ऊर्जा प्राधिकरणले जनाएको छ ।



    चाइना नेशनल न्युक्लियर कर्पोरेशनका अध्यक्ष यु जियानफेङले चीनले आणविक अनुसन्धान केन्द्र खोल्दा विश्वमा आणविक प्रविधिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार