Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बङ्गलादेशलाई २० करोड २० लाख डलर आर्थिक सहायता दिने अमेरिकाको घोषणा

    बङ्गलादेशलाई २० करोड २० लाख डलर आर्थिक सहायता दिने अमेरिकाको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १ असोज २०८१
  • 135
    SHARES

    एजेन्सी । अमेरिकाले बङ्गलादेशलाई २० करोड २० लाख डलर अतिरिक्त आर्थिक सहायता दिने घोषणा गरेको छ ।

    ढाका भ्रमणका क्रममा अमेरिकी प्रतिनिधिहरूले आइतबार यसको घोषणा गरेका हुन् । यो रकमले समावेशी आर्थिक वृद्धिदर र विकास कार्यक्रममा सहायता मिल्ने बताइएको छ ।



    कनिष्ठ सहायक अर्थमन्त्री ब्रेन्ट नेइम्यानको नेतृत्वमा ६ जना अमेरिकी प्रतिनिधिमण्डल हालै ढाका आएका थिए ।



    गत महिना देशव्यापी विरोध प्रदर्शनबिच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत भागेपछि मोहम्मद युनुसले काम चलाउन सरकारको जिम्मेवारी लिएयता यो अमेरिकी अधिकारीहरूको पहिलो भ्रमण थियो ।

    सन् २०२२ को शुरुतिर युक्रेनी युद्ध छेडिएयता इन्धन र खाद्यान्न आयातको खर्च बढेर बङ्गलादेशको अर्थतन्त्र थप मारमा परेको छ ।

    यस्तोमा अर्थतन्त्रलाई स्थिर बनाउन मद्दतका लागि सरकारले ५ अर्ब डलर सहायताका लागि अनुरोध गरेको गएको हप्ता टेलिभिजनबाट गरेको एउटा सम्बोधनमा युनुसले भनेका थिए ।

    बङ्गलादेशले गएको वर्ष बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ अर्ब ७० करोड डलरको वित्तीय उद्धार लिन खोजेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार