Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • हामीबाट प्रजातन्त्रको खिलापमा कुनै काम हुँदैन : देउवा

    हामीबाट प्रजातन्त्रको खिलापमा कुनै काम हुँदैन : देउवा

    अनलाइन नेपाल
  • मंगलबार, १ असोज २०८१
  • 99
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको खिलापमा कुनै काम नहुने बताएका छन्।

    कांग्रेस कानुन विभागले मंगलबार सानेपामा गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।



    सभापति देउवाले प्रजातन्त्रलाई अझै मतबुत बनाउनका लागि संविधानमा संशोधन गर्न सकिने बताए।



    सभापति देउवाले भने,‘केपी शर्मा ओलीजीलाई मैले पहिलो पटक जेलमा भेटेको हो। प्रजातन्त्रका लागि हामी विद्यार्थी हुँदादेखि नै लड्दै आएको हो, जेलनेल भोगेको पार्टीहरू हो। त्यसैले प्रजातन्त्रको खिलापमा कुनै पनि काम हुन सक्दैन । प्रजातन्त्रलाई कसरी मतबुत बनाउने र जनताकाप्रति कसरी जबाफदेही बनाउने भन्ने कुरा आवश्यक छ।’

    ओली र आफूले लामो समयदेखि प्रजातन्त्रका लागि लड्दै आएको उनको भनाइ छ। सभापति देउवाले संविधानमा सुधार हुने कुराहरू संशोधन हुने बताए।

    प्रजातन्त्र स्थापना भएको धेरै वर्ष बिते पनि अझै कार्यान्वयनमा आउन नसकेको देउवाको भनाइ छ। उनले संविधान संशोधनलाई सुधारका रूपमा बुझ्न आग्रहसमेत गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार