Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मेयर बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती प्रहरी नियन्त्रणमा

    मेयर बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, १ असोज २०८१
  • 276
    SHARES

    काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को फोटो अंकित टिसर्ट लगाएका युवायुवतीलाई समारोहस्थलबाट निकालिएको छ ।

    मेयर बालेनको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्रमा पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर समारोहस्थलबाट बाहिर निकालेको हो ।



    मेयर बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको स्रोतले बतायो ।



    प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरुलाई हटाएको बुझिएको छ ।

    काठमाडौं महानगरले इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने गर्दछ ।

    अघिल्लो बर्षको कार्यक्रममा राष्ट्रपति प्रधानमन्त्रीको उपस्थिति युवायुवतीहरुले बालेनको जयजयकार गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार