Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • उपसभामुख इन्दिरा राना रुस प्रस्थान

    उपसभामुख इन्दिरा राना रुस प्रस्थान

    अनलाइन नेपाल
  • मंगलबार, १ असोज २०८१
  • 120
    SHARES

    काठमाडौं । उपसभामुख इन्दिरा राना मगर औपचारिक भ्रमणका लागि आज रुस प्रस्थान गरेकी छिन्।

    रुसको सेन्ट पिटर्सबर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना रुस भ्रमणमा गएकी हुन्।



    उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते-सेप्टेम्बर १८–२०सम्म सञ्चालन हुने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ।



    उनले उक्त फोरमलाई सम्बोधन गर्नेछिन् । भ्रमण सकेर उपसभामुख राना असोज ५ गते-सेप्टेम्बर २१ मा स्वदेश फर्कने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार