Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • गगनलाई लक्षित गर्दै रविले भने – प्रमाण होइन, प्रणाम छ भनिएको रहेछ !

    गगनलाई लक्षित गर्दै रविले भने – प्रमाण होइन, प्रणाम छ भनिएको रहेछ !

    अनलाइन नेपाल
  • मंगलबार, १ असोज २०८१
  • 225
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका छन्।

    पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    आफूमाथि सहकारी प्रकरण उचालेर सिद्ध्याउन खोजे पनि त्यो असफल भएको भन्दै लामिछाने अव गोरखा मिडियातिरबाट आक्रमण हुनसक्ने बताए ।



    उनले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरे । यद्यपि समितिले भने गोरखा मिडियाको रकम खर्च गरेकोमा रवि लामिछानेलाई कारवाहीको सिफारिस गरेको छ ।

    सभापति लामिछानेले भने,’सहकारी ठग भन्नेकुरा त लगभग सकियो । प्रमाण कस्तो हुन्छ, कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि ! मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई !’

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्ने कुरा थाहा भयो ? भन्दै रविले प्रश्न गरे ।

    प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको उनको टिप्पणी थियो ।

    उनले प्रमाण कस्तो हुन्छ भन्ने कुरा आफ्नै केन्द्रीय नेताहरू बसेकोबाट थाहा हुन्छ होला नि भन्दै कांग्रेसतर्फ सङ्केत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार