Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आईसीसी विश्वकप लिग–२ : क्यानडासँग नेपालको पहिलो हार

    आईसीसी विश्वकप लिग–२ : क्यानडासँग नेपालको पहिलो हार

    अनलाइन नेपाल
  • मंगलबार, १ असोज २०८१
  • 192
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ ।

    सोमबार राति क्यानडाको किंग सिटीमा भएको खेलमा नेपाललाई घरेलु टिम क्यानडाले १०३ रनले पराजित गरेको हो । खेलमा क्यानडाले प्रस्तुत गरेको २५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४०.१ ओभरमा १५० रनमै समेटियो ।



    क्यानडाविरुद्ध नेपालका कुनै पनि ब्याटर चल्न सकेनन् । नेपाली टिमका लागि करण केसीले सर्वाधिक २७ रन, सन्दीप लामिछानेले २२, आसिफ सेखले २०, भीम सार्कीले १८, गुल्सन झाले १५ र कुशल मल्लले १२ रन थपे ।



    नेपाललाई सस्तैमा समेट्न क्यानडाका डिलोन हेलिगरले पाँच विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले कप्तान निकोलस किर्टोनको आक्रामक ब्याटिङमा २५३ रनको योगफल खडा गरेको थियो ।

    नेपालका करण केसी र ललितनारायण राजवंशीले समान दुई विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक–एक विकेट हात पारे । लिग–२ मा पाँचौं खेल खेलेको नेपालको यो चौथो हार हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार