Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बोरामा पोको पारेर फालेको अवस्थामा युवकको शव भेटियो

    बोरामा पोको पारेर फालेको अवस्थामा युवकको शव भेटियो

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 417
    SHARES

    फाइल फोटो

    रुपन्देही । रुपन्देहीको तिलोत्तमामा बोरामा पोको पारेर फालेको अवस्थामा एक युवकको शव भेटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका-१३ चिलीया स्थित खेतबारीमा उक्त शव फेला परेको हो । शवको पहिचान खुल्न सकेको छैन ।



    सोमबार बिहान खेतमा काम गर्न गएकाहरुले बोरामा पोको पारेर फालेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    शवको पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ । थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार