Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • हुण्डीको ८ लाख रुपैयाँसहित दुईजना पक्राउ

    हुण्डीको ८ लाख रुपैयाँसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 171
    SHARES

    संकेतिक तस्विर

    वीरगन्ज । वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

    श्रोत खुल्न नसकेको ८ लाख रुपैयाँसहित वीरगन्ज महानगरपालिका-२ छपकैयाका ५० वर्षीय अजित पाण्डे र त्यही ठाउँकी ४५ वर्षीया उर्मिला देवीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।



    भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेको ना ५४ प ९६८४ नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले वीरगन्ज भन्सार कार्यालयको गेट अगाडि रोकेर चेक जाँच गर्दा मोटरसाइकल चालक पाण्डेको साथबाट ३ लाख रुपैयाँ र मोटरसाइकलमा पछाडि सवार उर्मिला देवीको साथबाट ५ लाख रुपैयाँ बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।



    बरामद रकमको श्रोत खुल्न नसकेकाले उक्त रकम हुण्डीको रहेको आशंका गरिएको छ । रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार