Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • संवैधानिक परिषद्को बैठक बालुवाटारमा

    संवैधानिक परिषद्को बैठक बालुवाटारमा

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 132
    SHARES

    काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

    प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि बैठकमा सुरु भएको हो ।



    यसअघि भदौ २८ मा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको थियो ।



    विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाने भएपछि सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिस हुन लागेको छ ।

    सर्वोच्चको न्यायाधीशको वरिष्ठतामा न्यायाधीश प्रकाशमानसिंह राउत अगाडि छन् । त्यसपछि क्रमशः नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोज शर्मा, कुमार चुडालको नाम परिषद्मा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार