Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सहकारी ठगीमा मेरो संलग्नता छैन भन्ने पुष्टि भयो : रवि लामिछाने

    सहकारी ठगीमा मेरो संलग्नता छैन भन्ने पुष्टि भयो : रवि लामिछाने

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 249
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको बताएका छन्।

    सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    समितिले संसद्‌मा प्रतिवेदन प्रस्तुत गरेपछि सभापति लामिछानेले सहकारी ठगीमा आफ्नोमा संलग्नता नरहेको दाबी गरे ।



    सभापति लामिछानेले भने,’सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट र पुष्टि भएको छ । गोरखा मिडियामा सञ्चालन हुँदा कमीकमजोरी भएको भए जवाफदेही हुनुपर्छ । दुरुपयोग भएको विषयमा भाग्ने मानिस हामी होइनौं । मूल कुरा सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ ।’

    सभापति लामिछानेले स्वेट शेयरमा जतिलता रहेको पनि स्वीकारेका छन् ।

    उनले सहकारी समस्या समाधानमा जानुपर्ने र व्यक्ति केन्द्रित गरेर राजनीतिक रोटी सेक्ने काम नगरौं भनेको पनि बताए।

    उनले प्रचलित कानूनविपरीत कुनै कमजोरी भएको भए सजायको भागीदार हुनुपर्ने पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार