Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • आज सभामुख घिमिरेलाई प्रतिवेदन बुझाउँदै सहकारी छानबिन समिति

    आज सभामुख घिमिरेलाई प्रतिवेदन बुझाउँदै सहकारी छानबिन समिति

    रवि लामिछानेले सहकारीको रकम अपलचन गरेको निष्कर्ष

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 327
    SHARES

    काठमाडौं । सहकारी छानबिन सम्बन्धी संसदीय समितिले आफ्नो प्रतिवेदन आज सभामुख देवराज घिमिरेलाई बुझाउने भएको छ । अहिले १० बजे सभामुखलाई प्रतिवेदन बुझाउन लागिएको हो ।

    नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा बनेको समितिले सहकारीमा देखिएका समस्या सम्बन्धी अध्ययन गरेको थियो ।



    रास्वपाका सभापतिसमेत रहेका पूर्वमन्त्री रवि लामिछानेलगायतलाई दोषी ठहर गर्दै समितिले प्रतिवेदन बुझाउन लागेको हो ।



    जीबी राई, रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षरमा संयुक्त खाता सञ्चालन भएको पुष्टिसहितको प्रतिवेदन समितिले तयार पारेको छ । राति अबेरसम्म बसेको समितिको बैठकले लामिछानेले सहकारीको रकम अपलचन गरेको निष्कर्ष निकालेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार