Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 93
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

    सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि उनले आज १२ः४५ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।



    बैठकमा प्रधानमन्त्रीको सम्बोधनसहित आजको कार्यसूची लगायतका विषयमा छलफल हुने बताइएको छ । आइतबारको बैठक माओवादी केन्द्रका सांसदहरुको विरोध कारण बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो ।



    प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरुले त्यसमा विरोध जनाउँदै आएका छन् ।

    यही विवादका कारण आइतबारको बैठक बस्न सकेको थिएन । आइतबार पनि सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार