Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • निम्न माध्यामिक तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

    निम्न माध्यामिक तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 165
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको छ ।

    सोमबार एक सूचना प्रकाशित गर्दै आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।



    उम्मेदवारहरूले आयोगले तोकेको अनलाइन दरखास्त फाराम भर्नुपर्ने छ । दरखास्त फाराम भर्दा नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो, दस्तखतको नमुना न्यूनतम योग्यताको लब्धाङ्क पत्र तथा तालिमको प्रमाणपत्र आवश्यक पर्नेछ ।



    असोज २९ गते रातको १२ बजेभित्र नियमित दस्तुर र दोबर दस्तुरका लागि मंसिर ६ गते रातको १२ बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार