Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • ओलीलक्षित प्रचण्डको टिप्पणी – गधालाई गाई बनाउन खोजेँ, मूर्ख त मै भएँ !

    ओलीलक्षित प्रचण्डको टिप्पणी – गधालाई गाई बनाउन खोजेँ, मूर्ख त मै भएँ !

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 108
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मूर्ख बनाएको टिप्पणी गरेका छन् ।

    आइतबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । उनले आफूले वामपन्थी एकताका लागि धरै जोखिम मोले पनि अन्त्यमा आफैँ मूर्ख भएको बताए ।



    ‘खासगरी एमाले नेतृत्वको नेपाली कांग्रेसभन्दा पनि एमाले नेतृत्वको अझ एमालेको प्रमुख नेताले यो संविधान कतिबेला च्यात्ने होला भन्ने बाहेक अरू भएको मैले बुझिनँ । मैले उहाँसँग मिलेर वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिन्छ कि भनेर धेरै जोडबल गरेँ, धेरै जोखिमहरू उठाएँ, खतरा मोलेँ । तर, जति धोए पनि गधालाई गाई बनाउन सकिने थिएन । मूर्ख त मै भएँ,’ उनले भने ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार