Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • काभा महिला भलिबल क्लब च्याम्पियनसिप : पुलिसको विजयी सुरुवात

    काभा महिला भलिबल क्लब च्याम्पियनसिप : पुलिसको विजयी सुरुवात

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 555
    SHARES

    काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

    पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।



    माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५–१९, २७–२५ र २५– १९ ले जितेको हो । नेपालको लिगको विजेताका रूपमा पुलिसले क्लब च्याम्पियनसिपमा खेल्न पाएको हो ।



    अब पुलिस क्लबले भोलि श्रीलङ्काको पुलिस क्लबसँग खेल्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार