Online Nepal
  • बुधबार, १० पुष २०८१
  • वडाध्यक्षसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    वडाध्यक्षसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    खुकुरी प्रहार प्रकरण

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 792
    SHARES

    बाँके । जिल्ला अदालत बाँकेले वडाध्यक्षसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

    बाँकेमा दुई युवामाथि खुकुरी प्रहार गरेको घटनामा न्यायाधीश दीपक घिमिरेको एकल इजलासले उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो ।



    थुनामा रहेका राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज ओलीसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको अदालतले जनाएको छ ।



    अदालतका अनुसार राप्ती सोनारी– २ का ३२ वर्षीय सन्दिप ओली, ३२ वर्षीय रत्न भण्डारी, ३७ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर डाँगी र नेपालगञ्ज उपमहानगरपालिका–६ का ३१ वर्षीय बाला भनिने सन्तोष गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

    बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना चोकमा भदौ १ गते शनिबार बेलुकी करिब साढे ७ बजेतिर राप्ती सोनारी–२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ–७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्लमाथि एक समूहले आक्रमण गरेको थियो । भारतको लखनउमा दुई जना घाइतेको उपचार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार