Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • संसदको अवरोध जारी राख्ने माओवादी केन्द्रको निर्णय

    संसदको अवरोध जारी राख्ने माओवादी केन्द्रको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 177
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको अवरोध जारी राख्ने निर्णय गरेको छ ।

    माओवादी केन्द्रका सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको हो ।



    आइतबार सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।



    एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसदको अवरोध नखोल्ने माओवादीको अडान छ ।

    सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले अनौपचारिक छलफल गरेको थियो ।

    छलफलले संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार