Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक अघि बढिसक्यो : गृहमन्त्री लेखक

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक अघि बढिसक्यो : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 711
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उर्जाशिल र थप व्यवसायिक बनाउन प्रयत्नशिल रहेको बताएका छन् ।

    राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधयेकको काम अघि बढेको बताए ।



    नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको गृहमन्त्री लेखकले बताए ।

    राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ती सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा पुर्‍याएको योगदानका कारण सरकार भरोसाको केन्द्रका रुपमा सुरक्षा निकाय रहेको गृहमन्त्री लेखकको भनाई छ ।

    राज्यको आन्तरिक व्यवस्थामा सशस्त्र प्रहरी बलले पुर्‍याउँदै आएको योगदानका कारण यो संगठन अब्बल सुरक्षा निकायका रुपमा स्थापित भएको गृहमन्त्री लेखकको भनाई छ ।

    परिवर्तित राजनैतिक, सामाजिक, आर्थिक तथा सुरक्षा वातावरण अनुसार मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्य अत्यन्त जटिल एवं चुनौतीपूर्ण रहेको बताउँदै गृहमन्त्री लेखकले त्यसका लागि राज्यले व्यवसायिक तथा दक्ष जनशक्तिसहितको सुरक्षा निकायहरुको प्रवन्ध गरेको बताए।

    सशस्त्र प्रहरीले आफ्नो जनशक्तिललाई पेशागत रुपमा दक्ष एवं क्षमतावान बनाई राज्यप्रदत्त जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न सक्ने बनाउन विभिन्न किसिमका आधारभुत तथा उन्नत तालिमहरु सञ्चालन गरिरहेको बताए ।

    गृहमन्त्री लेखकले देशको विकासको पुर्व सर्त भनेकै शान्ति सुरक्षा कायम हुनु हो भन्दै सबै सुरक्षा निकाय तथा आम नागरिकहरुसंगको सहकार्य र समन्वयबाट मात्रै शासन्त सुव्यवस्था कायम गर्ने कार्य सम्भव रहनेमा जोड दिए।

    साथै दीक्षित सशस्त्र प्रहरी सहायक निरीक्षहरुलाई अनुशासित, मेहनती एवं लगनशील भएर राष्ट्रसेवामा समर्पित हुन निर्देशन दिए। उक्त समारोहबाट ६८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार