Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • माओवादीको चेतावनीपछि सभामुखले प्रमुख सचेतकलाई छलफलमा बोलाए

    माओवादीको चेतावनीपछि सभामुखले प्रमुख सचेतकलाई छलफलमा बोलाए

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 318
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन् ।

    नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक चल्न नदिने चेतावनी दिएपछि उनले अहिले बिहान ११ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् ।



    कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपालाई छलफलमा बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेका थिए ।



    माओवादी सांसदहरुले विरोध जनाएको र उक्त शब्द असंसदीय भएकाले संसद्को रेकर्डबाट हटाउन माग गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार