Online Nepal
  • बुधबार, २ असोज २०८१
  • गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवा खालबाट समातिए, १८ लाख बरामद

    गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवा खालबाट समातिए, १८ लाख बरामद

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 237
    SHARES

    विराटनगर । मोरङमा जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसहित नौ जुवाडे पक्राउ परेका छन् ।

    शनिबार राति प्रहरीले छापा हानी मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित उनीहरूलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा सुन्दहरैंचा नगरपालिका–१ का ५০ वर्षीय जनककुमार माझी, सुनसरीको दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीका ४५ वर्षीय महेशकुमार माझी र ४५ वर्षीय महेश साह, ग्रामथान–४ का आर्हलाल माझी रहेका छन् ।



    यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१५ का युवक राई, दमक–१० का कतुवर्न नेम्वाड, मोरङ लेटाङ नगरपालिका–९ का लोकनाथ सापकोटा र सुन्दरहैंचा–३ का प्रताप राईलाई पनि पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

    पक्राउ पर्ने माझी २०७४ को निर्वाचनमा निर्वाचित गाउँपलिका अध्यक्ष हुन् । ग्रामथान–४ को कटहरा भन्ने ठाँउमा जुवा खेलिरहेको ठाउँमा राति प्रहरीले छापा हानेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    उनीहरूको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार