Online Nepal
  • बुधबार, २ असोज २०८१
  • इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण

    इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 81
    SHARES

    तस्विर : एजेन्सी

    एजेन्सी । लामो समयदेखि पश्चिमा देशहरूको आलोचना खेप्दै आएको ‘एयरोस्पेस’ कार्यक्रमका लागि इरानले नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको छ ।

    चाम्रन–१ अनुसन्धान उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरिएको हो ।



    रक्षा मन्त्रालयसँग सम्बद्ध इरानी विद्युतीय उद्योगले यो उपकरणको डिजाइन तथा निर्माण गरेको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।



    अमेरिकालगायत पश्चिमा सरकारहरूले यही प्रविधि ब्यालिस्टिक क्षेप्यास्त्रका लागि प्रयोग गर्न सकिने भन्दै इरानलाई यस्ता प्रक्षेपणविरुद्ध बारम्बार चेतावनी दिँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार