Online Nepal
  • बुधबार, २ असोज २०८१
  • आजको मौसम : यी तीन प्रदेशमा धेरै वर्षाको सम्भावना

    आजको मौसम : यी तीन प्रदेशमा धेरै वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 183
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    जसको प्रभावले आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।



    कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरीसमेत चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



    यसैगरी आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी बागमती र गण्डकी प्रदेश एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार