Online Nepal
  • बुधबार, २ असोज २०८१
  • काठमाडौं परिसरको ५० लाख काण्डमा अन्य प्रहरी अधिकारी पनि तानिँदै !

    काठमाडौं परिसरको ५० लाख काण्डमा अन्य प्रहरी अधिकारी पनि तानिँदै !

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरी दुई दिन थुनामा राखेर ५० लाख रुपैयाँ बिचौलियामार्फत असुलेर छाडिएको घटनामा विस्तृत छानबिन भइरहेको छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसीको नेतृत्वमा भइरहेको छानबिनमा यसमा काठमाडौं परिसरका हवल्दार गणेश खड्का बाहेक अन्य प्रहरी अधिकारीको समेत संलग्नता देखाएको छ ।



    हवल्दार खड्कालाई प्रहरीले परिसरभित्रै राखेर अनुसन्धान गरिरहेको छ । उनै खड्काले क्यानडा बस्ने आशिष आचार्यलाई दुई साताअघि क्रिप्टो कारोबारको आरोपमा पक्राउ गरेका थिए ।



    उनलाई दुई दिन थुनामा राखेपछि प्रमाण नभेटिएको भन्दै छाडिएको थियो । यस क्रममा आचार्यकी दिदीले प्रहरीलाई बुझाउन भनेर बिचौलिया तेज तामाङलाई ५० लाख रुपैयाँ बुझाएकी थिइन् ।

    तर, प्रहरीले छाड्ने क्रममा ‘गुडफेथ’मा छाडिएको बताइएको थियो । सो विषयमा पीडितकी दिदीले प्रहरी अधिकारीलाई गुनासो गरेपछि छानबिन सुरु भएको हो ।

    स्रोतका अनुसार आचार्यको विषयमा सूचना दिएर पक्राउ गराउन लगाउने व्यक्ति उनै तामाङ हुन् । हवल्दार खड्का र तामाङबीच पुरानो चिनजान थियो । करोडपति आचार्यलाई थुनाएर पैसा असुल्ने योजनाअनुसार नै पक्राउ गरिएको बताइन्छ ।

    विस्तृत अनुसन्धान नै नगरी छाडिएकाले यस घटनामा अन्य प्रहरी अधिकारीको समेत मिलेमतोको आशंका गरिएको छ । स्रोतका अनुसार तामाङसँग परिसरकै इन्टेलिजेन्समा काम गर्ने सई माधव थापा मगरको समेत सम्पर्क छानबिन समितिले पत्ता लगाएको छ ।

    तामाङ र उनीबीच कुराकानी भएको खुलेको छ । सई मगर डिएसपी प्रल्हाद कार्कीको कमाण्डमा कार्यरत छन् । सई मगरको मोबाइल परीक्षणका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइको छ ।

    पक्राउ परेका आचार्य भने क्यानडा पुगिसकेका छन् । उनी क्यानडामा क्रिप्टो कारोबारमै संलग्न देखिएको छ । क्रिप्टोमा जेल पर्न सक्ने डरले उनले ५० लाख रुपैयाँ बुझाएका थिए ।

    पैसा लिने तामाङ भने हाल फरार रहेकाले उनीसँग सम्पर्कमा रहेका अन्य प्रहरीको विस्तृत खुल्न सकेको छैन । यो प्रकरणले प्रहरी बदनाम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार