Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • लेखराज भट्टको आरोप – रावलका कारण सुदूरपश्चिम एमालेमा समस्या देखियो

    लेखराज भट्टको आरोप – रावलका कारण सुदूरपश्चिम एमालेमा समस्या देखियो

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 738
    SHARES

    कैलाली । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले भीम रावलका कारण सुदूरपश्चिमको पार्टीमा समस्या भइरहेको आरोप लगाएका छन् ।

    नेकपा एमाले सुदूरपश्चिम सल्लाहकार परिषदको सपथग्रहण कार्यक्रममा बोल्दै इञ्चार्ज भट्टले यस्तो आरोप लगाएका हुन् ।



    ‘भीम रावलको समस्या पार्टीको माथिल्लो निकायमा हो । तर, उहाँ तलतल आउनुभयो। जसका कारण सुदूरपश्चिममा पार्टीभित्र समस्या देखियो,’ इञ्चार्ज भट्टले भने ।



    रावल हरेक पटक सुदूरपश्चिम आएर एमालेमै रहेका तर आफ्नो नजिक रहेकाहरूको गुट बनाउँदै हिँडेको उनको आरोप छ । भीम रावलको बढी उठबस सुदूरपश्चिमका नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छ ।

    ‘जुन जिल्लामा गए पनि उनको गुटको भेला हुने, नेता कार्यकर्ताहरूलाई भडकाउने कार्यहरू भएका छन्। उहाँको समस्या पार्टी नेतृत्वसँग हो भने उहाँले नेतृत्वसँगै गएर समस्या समाधान गर्नुपर्छ। तल-तल आएर गतिविधि गर्न थाले पनि पार्टी बिग्रिन थालेको छ,’ इञ्चार्ज भट्टले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार