Online Nepal
  • बुधबार, २ असोज २०८१
  • आइपिएस तालिममा नेपाल प्रहरीका इन्स्पेक्टर सनम मल्ल उत्कृष्ट

    आइपिएस तालिममा नेपाल प्रहरीका इन्स्पेक्टर सनम मल्ल उत्कृष्ट

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 453
    SHARES

    काठमाडौं । भारतको हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सनम मल्ल पुरस्कृत भएका छन् ।

    सरदार वल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा शनिबार सम्पन्न दीक्षान्त समारोहमा इन्स्पेक्टर मल्ललाई पुरस्कार प्रदान गरिएको हो ।



    उनले तालिममा उत्कृष्ट जेन्टलम्यान प्रोबेशनरको लागि प्रतिष्ठित पदक जितेका हुन् ।



    जुन उनको उल्लेखनीय शारीरिक तन्दुरुस्ती, समर्पण र पिटीमा उत्कृष्ट प्रदर्शनको प्रमाण रहेको बताइएको छ ।

    उनले भविष्यको नेतृत्वको रूपमा आफ्नो क्षमता देखाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार