Online Nepal
  • बुधबार, २ असोज २०८१
  • नागरिकतासम्बन्धी समस्या समाधानका लागि निर्देशिका संशोधन गर्नुपर्छ : गृहमन्त्री लेखक

    नागरिकतासम्बन्धी समस्या समाधानका लागि निर्देशिका संशोधन गर्नुपर्छ : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 135
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिकतासम्बन्धी समस्या समाधानका लागि निर्देशिकामा संशोधन गर्नुपर्ने बताएका छन् ।

    काठमाडौंमा भएको नागरिकतासम्बन्धी पीडितहरुको गुनासो सुनुवाई कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।



    उनले नागरिकतासम्बन्धी समस्या समाधान हुने गरी निर्देशिका चाँडै परिमार्जन गर्ने बताए।



    गृहमन्त्री लेखकले नागरिकता सम्बन्धीका धेरै समस्या निर्देशिकाका कारण उब्जिएकाले परिमार्जन गर्नुपर्ने बताए ।

    गृहमन्त्री लेखकले निर्देशिकाको कारणले नागरिकता लिन कोही छुट्न नहुने विषयमा आफू स्पष्ट रहेका बताए ।

    प्रचलित संवैधानिक र कानूनी व्यवस्था तथा नियमावलीको व्यवस्था र सर्वोच्च अदालतले त्यस सम्बन्धमा दिएको फैसलाको आधारमा निर्देशिकालाई परिमार्जन गरेर अघि बढ्ने गृहमन्त्री लेखकको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार