Online Nepal
  • बुधबार, २ असोज २०८१
  • कांग्रेसीले पढ्दैनन्, कम्युनिस्टले छोडिसके : बाबुराम भट्टराई

    कांग्रेसीले पढ्दैनन्, कम्युनिस्टले छोडिसके : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 153
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । उनले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे।



    भट्टराईले भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा काँग्रेस, कम्युनिस्ट सबै जेलमा हुँदा पनि पढ्ने गरेको स्मरण गरे ।



    तर अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको उनको भनाई थियो ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुसीपना आउनुपर्ने आयामसहितको विकास आवश्यक रहेको बताए ।

    उनले लोकतन्त्र उन्नत हुँदै जाने प्रक्रिया भएकाले यसको विकास गर्दै अघि बढ्नुपर्ने जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार